Introduction
अन्तर्राष्ट्रिय सहकारी मूल्य मान्यता र सिद्घान्तहरुका आधारमा सदस्यहरुलाई छरिएर रहेका पूँजी,श्रोत,साधनलाई एकिकृत गरी परिचालन गर्न एंव सदस्यहरुको आर्थिक,सामाजिक र साँस्कृतिक विकासका लागि टेवा दिन तथा सदस्यहरुको जीवनस्तर माथि उकास्न र स्वालम्बी हुन सहयोग भावनाबाट अभिप्रेरित भई सहकारी ऐन २०४८ बमोजिम २०५६ सालमा पब्लिक सूत्रधार बचत तथा ऋण सहकारी संस्था लि.बनेपामा र २०६७ सालमा सूत्रधार बहुउद्देश्यीय सहकारी संस्था लि.काठमाडौं दुई संस्था एकिकृत भई पब्लिक सुत्रधार बहुउद्देश्यीय सहकारी संस्था लि.स्थापना भएको हो ।
शेयर पूँजी २,४३,००,०००/–
शेयर जारी पूँजी ५,००,००,०००/–
सदस्य संख्या ५०४९(२०७७ आषाढ मसान्तसम्म)
कार्यक्षेत्र काभ्रेपलाञ्चोक,भत्तपुर र काठमाडौं जिल्ला भरी
Mission
१.उद्यमी,व्यापारी,कर्मचारी,किसान,मजदुर एवं सर्वसाधारण व्यत्तिहरुको स–साना स्तरमा छरिएर रहेको रकमलाई सहकारीको माध्यमबाट नियमित बचत गर्न बानीको विकास गर्ने तथा प्रबद्र्घन गर्ने ।
२.सहकारी दिगो विकासका लागि सहकारी ऐन अन्तगर्त दर्ता भएका सहकारी संस्थाहरुसँग समन्वय गरी आदान–प्रदान गर्ने ।
३.सदस्यहरुमा Home Banking,Tele Banking tyf SMS Banking सेवा उपलब्ध गराउने ।
४.स्वीकृति प्राप्त वित्तिय संस्थाबाट कर्जा तथा निक्षेप लेनदेन गर्र्ने ।
५.सदस्यहरुलाई आय आर्जनका आर्थिक गतिविधिहरुमा र सदस्यहरुको जीवनस्तर उकास्न सामूहिक रुपमा वा धितो राखेर सर्वसुलभ किसिमले कर्जा प्रदान गर्ने ।
६.संस्थाले मुनाफबाट केही अंश छुट्याई सदस्यहरुलाई रचनात्मक तथा सृजनात्मक कार्यमा उत्प्रेरित गर्ने खालका कार्यक्रमहरु संचालन गर्ने ।
७.सहकारीता बारे सदस्यहरुको चेतना जगाउने क्रियाकलाप संचालन गर्ने ।
८.विभिन्न हस्पिटल,डिपार्टमेन्ट स्टोर र मनोरञ्जन स्थल इत्यादिहरुमा छुटको व्यस्था मिलाउने ।
Vision
Page Launching Soon..
Objective
१) उद्यमी, व्यापारी, कर्मचारी, किसान, मजदुर एवं सर्वसाधारण व्यक्तिहरु बीच स–सानो स्तरमा छरिएर रहेको रकमलाई नियमति बचत गर्न अभिप्रेरित गरी बचत गर्ने बानीको विकास गर्ने तथा प्रबद्र्धन गर्ने ।
२) सदस्यको आर्थिक, सामाजिक स्तर अभिवृद्धि गर्न विभिन्न बचत कार्यक्रमहरु संचालन गर्ने र सदस्यहरुद्धारा गरिने आर्थिक क्रियाकलाप सहयोग गर्ने ।
३) संस्थाका सदस्यहरुलाई आय आर्जनका आर्थिक गतिविधिहरुमा सर्वसुलभ किसिमले कर्जा प्रदान गर्ने ।
४) सहकारी दिगो विकासका लागि अन्य सहकारी संस्थाहरुसँग समन्वय गरी आपसी सहयोग आदान–प्रदान गर्ने ।
५) Home Banking,Tele Banking tyf SMS Banking सेवा उपलब्ध गराउने ।
६) स्वीकृत प्राप्त वित्तिय संस्थाबाट कर्जा तथा निक्षेप लेनदेन गर्ने ।
७) सदस्यहरुलाई सामुहिक रुपमा वा धितो राखेर कर्जा प्रवाह गर्ने ।
८) सदस्यहरुलाई आवश्यक परामर्श सेवा सहित अन्य सेवाहरु प्रदान गर्ने, गराउने ।
९) सदस्यहरुलाई सर्वशुलभ सेवा दिनकै लागि डिपार्टमेन्ट स्टोर, स्कुल र हस्पीटलहरुमा छुट तथा सञ्चालन गर्न, गराउन ।
